माङसेबुङ / व्यक्तित्व तथा नेतृत्व विकासका लागि आधारभूत उद्घोषण तालिम विसर्जन कार्यक्रम सम्पन्न भएको छ ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा माङगेन्ना समितिका सह कोषाध्यक्ष लक्ष्यबहादुर लिङ्देन, माङसेबुङ मासिक पत्रिकाका कार्यकारी सम्पादक ज्ञानु केदेम लगायतले बोलेका थिए ।
१२ दिनसम्म सञ्चालन गरिएको सो तालिमलाई सुनिल सेर्माले सहजीकरण गरेका थिए । भने, कार्यक्रममा सहभागीहरु सबैबाट सिकाईको अनुभूति समेत राखेका थिए ।
आधारभूत उद्घोषण तालिम संयोजन समितिको आयोजनामा सञ्चालित सो कार्यक्रम संयोजक लाओती विष्णुकला आङबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
माङसेबुङ वडा नं ५, भालुटारका स्थानीयको पहलमा वडा कार्यालयमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य निङवा लिङ्देनले राखेका थिए भने तारा केरुङ र जसहाङ वनेमले कार्यक्रम सञ्चालन गरेका थिए ।