रुपन्देहीमा ५ जनाको सामुहिक हत्या - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या

काठमाडौं / रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमध्ये ४ जना पुरुष र एक जना महिला छन् । उनीहरु सबैै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।

किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ ।

सम्बन्धित खवर