समाधिस्थल अतिक्रमण गरेकोमा लिम्बू विद्यार्थी मञ्चको ध्यानाकर्षण - Mangsebung News
  • आइतबार, असार २१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाधिस्थल अतिक्रमण गरेकोमा लिम्बू विद्यार्थी मञ्चको ध्यानाकर्षण

माङसेबुङ / सरकारले विभिन्न विकास निर्माणको नाममा लिम्बू समुदायको ऐतिहासिक समाधिस्थल अतिक्रमण बढेको घटनाप्रति लिम्बू विद्यार्थी मंचले ध्यानाकर्षण भएको जनाएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाउँमा मदन भण्डारी स्मृति पार्क निर्माण गर्ने नाममा सम्बाहाम्फे लिम्बुहरुको र तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेस्थित औंसीबजारमा हेलीप्याड निर्माण गर्ने नाममा निङलेकु र पंयाङ्गु लिम्बुहरुको समाधिस्थल नष्ट पार्ने कार्यप्रति मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लिम्बू विद्यार्थी मंचले मंचका महासचिव गुल्सन आङबुहाङद्वारा हस्तक्षरित प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधान २०७२ ले प्रदान गरेको भाषा तथा संस्कृतिक संरक्षण सम्बन्धि मौलिक हक विरुद्ध सरकार आफैं सहभागी हुनु दुःखद र अत्यन्तै भत्र्सनायोग्य कार्य भएको ठहर गरेको उल्लेख गरेको छ ।

मंचका महासचिव गुल्सन आङबुहाङद्वारा हस्तक्षरित विज्ञप्तीमा यस्तो किसिमको कार्यहरुलाई तत्काल रोकी स्थानिय वासी तथा सरोकारवला संघ सस्थाहरुको सहभागिता र सहमतिमा आवस्यक क्षतिपुर्ति र उप्रान्त यस्तो कार्य नदोहो¥याउने सर्तनामा सहित विवादलाई समाधान गर्न सम्वन्धित पक्षहरुसँग माग समेत गरेको छ ।

सम्बन्धित खवर