प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको सवारी दुर्घटनामा परि मृत्यु - Mangsebung News
  • शनिबार, साउन ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको सवारी दुर्घटनामा परि मृत्यु

काठमाडौं / सवारी दुर्घटनामा परि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

जिल्ला स्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना परि अध्यक्ष शर्माको मृत्यू भएको हो ।

दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले बताए ।

५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित खवर