झापामा बालिकालाई यौन दुरब्यबहार गर्ने एक युवा पक्राउ - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा बालिकालाई यौन दुरब्यबहार गर्ने एक युवा पक्राउ

झापा / झापामा एक बालिकालाई यौन दुरव्यबहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय रमेश बस्नेत पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार घटना जेठ २६ को हो । साँझ बालिका घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुरव्यबहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।

प्रहरीका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तर्गत म्याद थप गरिएको छ । पाखरेलले भने, ‘जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

सम्बन्धित खवर