नालीफूङवाद्धारा माङसेबुङ परिसरमा बृक्षरोपण(फोटो फिचर सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवाद्धारा माङसेबुङ परिसरमा बृक्षरोपण(फोटो फिचर सहित)

माङसेबुङ / बिश्व किरातीहरुको आस्थाको केन्द्र धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ–५, इलाममा बृक्षरोपण गरिएको छ ।

बुधबार किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोद्धारा धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङको किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा बृक्षरोपण गरिएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङले सुपाडीको बिरुवा रोपेर उद्घाटन गरेका छन् ।

माङसेबुङ परिसरलाई हराभरा बनाउन र स्वच्छ बातावरण युक्त बनाउनको लागि बृक्षरोपण गरिएको किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष दिपक तिगेलाले बताए ।

आज देखि तीन दिन सम्म आयोजना गरिएको बृक्षरोपण कार्यक्रममा १ सय ८ बोट सुपाडी, कागती, सिन्कौली, तेङगा लागायत बिभिन्न किसिमका फलफुलहरुको विरुवा रोपिने अध्यक्ष तिगेलाले बताए । उनले बोट विरुवाहरु उपलव्ध गराएर सहयोग गरिदिन सोत अपिल गरेको बताए ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका पूर्व सचिव नन्द कुमार नेम्बाङ, गुरु निजी सचिव खड्ग साँबा, महागुरु फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङदेन, तोपहाङ लिङदेन स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष बहादुर लिङदेन किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका सदस्य पुर्णकार्की ढोली लगायतको उपस्थितिमा बृक्षरोपणको उद्घाटन गरिएको थियो ।

सम्बन्धित खवर