बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगा फुटबलको उपाधि - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगा फुटबलको उपाधि

एजेन्सी / जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले आठौं पटक लगातार जीतेको छ ।

वेर्डर ब्रेमेनको मैदानमा गएराती भएको खेलमा बायर्न म्युनिकले एक शुन्य गोल अन्तरको जीत निकाल्दै उपाधि जीतेको हो ।

वेर्डरविरुद्ध बायर्नको जीतमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो ।

खेलको ४३औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए ।

अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि खेलको ७९औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो ।

यो जीतसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो ।

 

सम्बन्धित खवर