१. जीवन र संघर्ष
म घरको सप्से जेठो छोरो
भर्खर बुज्दै थिए
अभावमा छट्पटिएका भमराहरुको कथा
अनि त्यो
फूलहरुको ब्यथा
अनि एक हरफमा गाइदिए
जीवन र संघर्षका गीतहरु
लाहुरेको जीवनमा राइफल सिरानी
कुल्लिको जीवनमा बेल्चा सिरानी
संगैको साथी हवाईजहाज माथी
आफू चाहिन ढाकरे …
हो म यहीँ कुरा सम्झिदै
नस्पातिको भारी एक ढाकर
केजङ डाँडाको थुम्किमा बिसाएर
निधारको पसिना पुस्दै
कोर्णा पारिको हरियालिहरुमा
दुःख सुखबीचको जीवन र संघर्ष नियाल्दै
बसिरहेको थिए
बल्ल तल्ल
धनकुटाको ओख्रे बजार पु¥याएर
नस्पाती बेचे
नस्पातिले साटेको पैसा बराबर
एक केजि नुन
एक पोका तेल
र एक पावा मसला
अनि दुई पावा चामल किनेर घर फर्किन्थे
घर पुग्दा
आमा र भाइ बहिनिहरुले
खुशीका झुप्पा–झुप्पा असिना पानी झै थुपार्थे
म कम्ता गौरव गर्थे
यति सानै उमेरमानै अभिभावत्व बहन गर्न पाए
तर
दुखका हजार चाङहरु
थाप्लोमा अड्याउने साहास हुदा हुँदै
जनआन्दोलनले बिस्थापित बनायो
त्यस पछि
माङको प्राथना गरेर
भोक भोकै
युद्दमा उत्रेको सिपाही जस्तै
आफ्नो लक्षमा सधै अबल रुपमा आरोहण गरि रहे
सपनाको कुइनेटा र थुम्किहरु उक्लिन्दै
८ कक्षा, एस एल सि, प्लस टु हुँदै
उच्छ शिक्षा हाशिल गरे
र लोक सेवामा पास गरेर जागिरवालाको ट्याग पाए
खुशिहरु हिउँ जस्तै भुरुरुरु…
आकशबाट भुइमा खसे झै आभास भयो
तब महसुस भो
जीवन र संघर्ष बाट जन्मिएको
स्वर्णिम र सुन्दर उपहार यहि हो
२. जुवाडे कालुङ
श्री पञ्चमी मेलामा
जुवाडेहरु
आ–आफ्नै दाउमा बसेका थिए
जाड पैकारनी
पक्चिनाले
छिप्पेको कोदोको जाड बेच्थिन
दैनिक जसो आम्दानि दिने
एक हल गोरु
र एक मौ दुहुना गाई
जुवाडे चेट्पेट्टेले
जितेर लगि दियो
जुवामा कालुङ हारेपछि
आफ्नी घरवाली
माक्सिना नाबालक बच्चा च्यापेर
रुदै–रुदै
माइतिघर फर्किन्
बाँकी रहेको
कालो जुवारी कोट
क्यासेटवाला रेडियो
चेनवाला मल्लाया घडी पनि
अर्का जुवाडे
मिक्चाले
जोभाने
तांगाने
लालभेटेहरुले
जितेर लगि दियो
एक वर्षमा
श्रीमती लिन
एक बोतल भोक्टेको रक्सी लिएर
ससुराली पुगे
तर ससुराबाले
झण्डै खुखुरीले काटी पठायो
धन्न भागेर बच्यो
पछि आफ्नो श्रीमती
त्यहिको माक्ख्रेक्काले
बिहे गरेको खबर सुने पछि
जुवाडे कालुङ
बिरक्तिएर आसाम भासिए
त्यस पछि खोइ कालुङ कहाँ छन ?
पत्तो छैन
चौबिसे, धनकुटा