संसारभर कोरोना थप खतरनाक अवस्थामा पुग्ने विश्व स्वास्थ्य संगठनको चेतावनी - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसारभर कोरोना थप खतरनाक अवस्थामा पुग्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

एजेन्सी / विश्व स्वास्थ्य संगठन (WHO)ले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संसारभर थप खतरनाक अवस्थामा पुग्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।

विभिन्न देशमा कोरोना संक्रमणको फरक फरक फेज चलिरहेको भन्दै विश्व स्वास्थ्य संगठनले संसारभर कोरोना भाइरस संक्रमणले रफ्तार रुप लिएको जनाएको छ ।

आर्थिक हिसाबले आफूलाई पुरानो बाटोमा लैजान भन्दै धेरै देशले लकडाउन खोलेको भन्दै विश्व स्वास्थ्य संगठनले छिट्टै ठूलो संख्यामा संक्रमित र मृत्यु बढ्ने चेतावनी दिएको छ ।

लकडाउनपछि एकाएक संख्या बढ्नुलाई आश्चर्यका रुपमा लिन नहुँने भन्दै डब्ल्युएचओले शुक्रबार झण्डै २ लाख जनामा कोरोना संक्रमण भएको जनाएको छ । संसारभर लकडाउन कमजोर पारिएसँगै संक्रमणको गति पनि ह्वात्तै बढेको छ ।

यो संख्या अहिलेसम्मकै धेरै हो । संक्रमितमध्ये अमेरिका, ब्राजिल र ल्याटिन अमेरिकाका विभिन्न देश रहेका छन् । भारतमा पनि पछिल्लो समय संक्रमण उच्च विन्दुमा पुग्न थालेको छ ।

डब्ल्युएचओले मध्यपूर्व र दक्षिण एसियामा पनि कोरोना संक्रमण बढीरहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ ।

सम्बन्धित खवर