कोरोना संक्रमित ४ सय २१ जना थपिए, संक्रमित संख्या ९ हजार २६ पुग्योे - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ४ सय २१ जना थपिए, संक्रमित संख्या ९ हजार २६ पुग्योे

काठमाडौ / नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय २१ जनासहित देशभर संक्रमितको संख्या ९ हजार २६ पुगेको जानकारी दिए ।

डा गौतमका अनुसार अर्घाखाँचीमा ७४, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटीमा २७, कैलालीमा २७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २०, स्याङ्जाका १०,दाङका १० र धनुषाका ८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै गुल्मीका ७, झापा ६, सल्यानका ६ जना, उदयपुरमा ५, सर्लाहीका ५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पामा ४र४ जना, बारा र बर्दियामा ३(३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतमा २(२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुर, नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म १ हजार ७ सय ७२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर