अनेरास्ववियु र नेविसंघद्वारा शैक्षिक संस्था नखुलेको अवधीको शुल्क नतिर्न आह्वान - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनेरास्ववियु र नेविसंघद्वारा शैक्षिक संस्था नखुलेको अवधीको शुल्क नतिर्न आह्वान

काठमाडौं / जी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गतवर्षको बाँकी र शैक्षिकसत्र २०७७ को शुल्क बुझाउन अपिल गरेसंगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी विद्यालयलाई शुल्क नबुझाउन अभिभावकलाई आह्वान गरेका छन् ।

सोमबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अनेरास्ववियु र नेविसंघले शिक्षण संस्था नै सञ्चालन नभएको अवधीको शुल्क नतिर्ने प्रष्टाएका हुन् । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गतवर्षको बाँकी र शैक्षिकसत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले शुल्क माग्दै गरेको अपिललाई अवज्ञा गर्न विद्यार्थी अभिभावकसँग आग्रह गरेका छन् ।

उनीहरुले असान्दर्भिक र अव्यवहारिक अपिल फिर्ता लिन निजी विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गरेका छन् । लकडाउनको अवधी कायम रहेसम्म कुनै पनि प्रकारका शुल्क नलिन सचेत गराइएको छ ।

यसैगरि सत्तारुढ र प्रमुख प्रतिपक्षी ठूला दुई विद्यार्थी संगठनले विद्यालय नै बन्द रहेर पठनपाठन नभएको बेला समेत शुल्क मागेको भन्दै त्यसको विरोध गरेका हुन् ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शिक्षण संस्था नखुलेसम्म शुल्क नतिर्न विद्यार्थी, अभिभावकलाई आह्वान गरेका छन् । नेविसंघले शुल्क उठाउन नदिन सरकार र शिक्षा मन्त्रालयलाई सचेत समेत गराएको छ ।

नेविसंघले तत्काल निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न तदारुकता देखाओस् भन्दै खबरदारी गरेको छ ।

यसअघि, शिक्षा मन्त्रालयले गएको वैशाख २२ गते अर्को निर्णय नभएसम्मका लागि कुनैपनि विद्यालयले कुनैपनि तह वा कक्षामा नयाँ भर्ना नगर्नूरनगराउनू र भर्नाका नाममा वा अनलाइन पठन–पाठनका नाममा कुनै शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्नू भनेर स्पष्ट निर्देशन गरेको थियो ।

अनेरास्ववियुको बिज्ञप्ति

नेविसंघको बिज्ञप्ति

 

सम्बन्धित खवर