कोरोना संक्रमित १० हजार नाघ्यो, ५ सय ३८ जना संक्रमित थपिए - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित १० हजार नाघ्यो, ५ सय ३८ जना संक्रमित थपिए


काठमाडौ / नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया देशभरबाट १० हजार ९९ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये २ हजार २ सय २४ जना उपचारपछि घर फर्किएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर