नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमित ११ हजार ७ सय ५५ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमित ११ हजार ७ सय ५५ पुग्यो

काठमाडौं । नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ५ सय ९३ जनासहित देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको जानकारी दिए ।

शुक्रबार संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर