देशभर थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमित १२ हजार नाघ्यो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमित १२ हजार नाघ्यो

काठमाडौं । देशभर थप ५ सय ५४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ५ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको जानकारी दिए । शनिबार थपिनेमा १२० जना महिला र ४३४  पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाजुरामा ८६, डोटीमा ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाममा १३, सल्यानमा १३ र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरि रसुवामा ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८-८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७-७ जना, सर्लाही र नुवाकोटमा ६-६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियामा ५-५ जना, बारामा ४ जना, धनुषा र धादिङका ३-३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २-२ जना, जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका १-१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै शनिबार १८ महिला र ११८ पुरुष गरी १३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अहिलेसम्म संक्रमितमध्ये २ हजार ८ सय ३४ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर