देशभर थप ४ सय ६३ जनामा कोरोना पुष्टि, संक्रमित १२ हजार ७ सय ७२ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ४ सय ६३ जनामा कोरोना पुष्टि, संक्रमित १२ हजार ७ सय ७२ पुग्यो

काठमाडौं । देशभर थप ४ सय ६३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ४ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ सय ६३ जनासहित देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा बाजुरामा ६३, महोत्तरीमा ५६, गुल्मीमा ३८, प्युठानमा ३५, दाङमा ३४, बाजुरा र नवलपुरका ३१-३१, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटमा १७-१७ जना, डोटीमा १३, रुपन्देहीमा १२,धनुषामा १० र कपिलबस्तुमा ८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, उदयपुर, तनहुँ र अर्घाखाँचीमा ६-६ जना, कास्कीमा ५, खोटाङमा ४ र झापा, दोलखा, पर्वत, म्यादी र पाल्पामा २-२ जना, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १-१ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर