इलामको माई नगरपालिकामा पहिलो कोरोना संक्रमित भेटियो - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माई नगरपालिकामा पहिलो कोरोना संक्रमित भेटियो

माई । इलामको माई नगरपालिकामा पहिलो पटक १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङको क्रममा इलामको माई नगरपालिकामा पहिलो पटक १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको गुजरातबाट आएका माई नगरपालिका ३, बरपानीका २५ बर्षिय युवामा कोरोना पुष्टी भएको जानकारी दिए ।

संक्रमित व्यक्ति गत असार ४ गते भारतको गुजरातबाट आएको र असार ९ गते पिसिआर परिक्षण गरिएको थियो ।

पिसिआर परिक्षणबाट रिर्पोट पोजेटिभ आएसंगै कोराना पुष्टि भएपछि उनलाई थप उपचारको लागि आइतबार नै गोठगाँउ कोरोना अस्पताल लगिएको छ ।

सम्बन्धित खवर