देशभर थप ३ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित १३ हजार ५ सय ६४ पुग्यो - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ३ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित १३ हजार ५ सय ६४ पुग्यो

काठमाडौं । देशभर थप ३ सय १६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ३ सय १६ जनासहित देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३ हजार १ सय ९४ उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर