ललितपुर । किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशनले ज्ञानेन्द्र कुरुम्बाङको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ ।
शंखदेवी –८ लुभु ललितपुरमा अवस्थित किरात माङ्सेसे हाङ्साम माङहिमको गत शनिबार सम्पन्न चौथो अधिवेशनले कुरुम्बाङको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो ।
यसरी निर्वाचित समितिको उपाध्यक्षमा शान्ति आङबुहाङ, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा डम्बर पालुङ्वा, कोषाध्यक्षमा पदमप्रसाद कुरुम्बाङ र सह कोषाध्यक्षमा मान बहादुर तबेबुङ निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा क्रमशः दुबेन्द्र सेर्मा, मदन राई, कर्ण बहादुर लिम्बू, देउराली चेम्जोङ, कमला खजुम, जुन माया मगर, पबित्रा लिम्बू गरी १३ सदस्यीय समिति निर्वाचित भएका छन् ।
सो कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङ्हाङ, किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिङ थेगिम, किरात धर्म तथा साहित्य उत्थान संघ संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, माङगेन्ना समितिका उपाध्यक्षद्धय हर्कवीर योङ्हाङ, कमला तुम्बापो, सचिव शक्तिकुमार साँबाको उपस्थित रहेको थियो ।
यसरीनै माङगेन्ना सदस्यहरु पुर्ण कार्की ढोली, बिष्णुमाया फुरुम्बो, किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिति अध्यक्ष जीवनकुमार सुनुवार लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।