शाहिल र मेलिनाको ‘ख्याल ख्यालमा चार ईन्च’ सार्वजनिक - Mangsebung News
  • बुधबार, कार्तिक ०६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र मेलिनाको ‘ख्याल ख्यालमा चार ईन्च’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका मेलिना राईको आवाजमा ‘ख्याल ख्यालमा चार ईन्च’ सार्वजनिक गरिएको छ ।

शुभम चाम्लिङ राईको निर्देशनमा शुभम चाम्लिङ राई र बिपना आङबुहाङको अभिनय रहेको बिल्कुलै नयाँ गित ‘ख्याल ख्यालमा चार ईन्च’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भिडियो जी मिडिया कनेक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिजय मगरले लेखेको गितलाई शाहिल लिम्बूले संगीत गरेका हुन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गितमा देबेश राईको संगीत संयोजन र राजु कार्कीको मिक्सिङ मास्टरिङ रहेको छ ।

भिडियोमा हाङ बरे प्रकाश आङबुहाङको निर्माण रहेको छ । दिनेश माङमु र साइना तामाङको कोरियोग्राफी रहेको भिडियोमा योगेश दाहालको छायांकन, रविना लिम्बूको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।

लिम्बू समुदायमा चर्चित भनाईको रुपमा रहेको ‘ख्याल ख्यालमा चर ईन्च’ शव्दलाई उजागर गरिएको गितको भिडियोमा लिम्बू कला र संस्कृति प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा लिम्बूको छोरीलाई नहेप, ख्याल ख्यालमा चार ईन्च खाला है भनेर लिम्बूनीहरुलाई सहासी नारीको पात्रको रुपमा उभ्याइएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर