
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार राजेन्द्र केरुङ र गायिका मीरा फियाकको आवाजमा लिम्बू भाषाको प्रेमिल गित ‘हुक्फाक्की सेवारो’ सार्वजनिक गरिएको छ ।
लक्ष्मी नाम्लाक्पाको शव्द तथा राजेन्द्र केरुङको संगीतमा सजिएको प्रेमिल गित ‘हुक्फाक्की सेवारो’ मीरा फियाक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा मौलिक कला र संस्कृति सँगै प्रेमलाई समेत जीवन्तता दिने भाव प्रस्तुत गरिएको छ ।

जस्केलो क्रिएशनले तयार पारेको भिडियोमा मीरा फियाक, राजेन्द्र केरुङ, अनिल लिम्बू, तिर्सना नेम्बाङ, रुपेश राई र खुशी योङहाङको अभिनय रहेको छ ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित स्टुडियो किङ्गमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् । गितमा विवस नेम्बाङ, तिर्सना नेम्बाङ, अनिल लिम्बू, मीना महरेसङको समेत आवाज रहेको छ ।
भिडियो हेर्नुहोस…







