
माङसेबुङ । रंगकर्मी तथा निर्देशक चेतन आङथुपोको निर्देशनमा बिल्कुलै नयाँ गित ‘दुई दिनको जिन्दगी यो’ सार्वजनिक गरिएको छ ।
चुलाचुली रङ्गमञ्च इलामको प्रस्तुति रहेको म्युजिक भिडियो ‘दुई दिनको जिन्दगी यो’ चुलाचुली रङ्गमञ्च अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

वलिहाङ तङनाम अर्थात तिवाहारको अवसर पारेर सार्वजनिक गरिएको सुजन श्रेष्ठको छायांकन रहेको भिडियोमा दिव्य लावती, दिपेन्द राई, पम्बु सुब्बा (एमके) लहना राईले अभिनय गरेका छन् ।
भिडियोमा गाउँ घरमा १६ वर्ष अघि आयोजना गरिने देउसी भैलो साँस्कृतिक कार्यक्रममा हुने घटनालाई उजागर गरिएको निर्देशक चेतन आङथुपोले बताएका छन् ।
गीतकार दीपक राईको शब्द तथा महेन्द्र राईको संगीत रहेको गितमा विजय राई र दिपा तामाङको आवाज रहेको छ ।

चुलाचुलीकै अग्रज कलाकार कञ्चन राणा राईको कोरियोग्राफी रहेको भिडियोलाई मिलन लावती, हस्तहाङ केरुङ, विरेन राई, सन्देश कुलुङ राईले निर्माण गरेका हुन् ।
चुलाचुली गाउँपालिका, इलाम स्थित चाजु खोला वरिपरि छायाङ्कन गरिएको भिडियोमा रहेको गीतकार,गायक, कोरियो ग्राफर, छायाङ्कार, सम्पादन, निर्देशक, कलाकार सवै चुलाचुलीकै सिर्जनशील सर्जकहरू हुन् ।
भिडियो हेर्नुहोस…








