काठमाडौं । नेपालमा थप ४ सय ८२ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ सय ८२ जनासहित देशभर संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी दिए ।
बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ४ हजार ६ सय ५६ उपचारपछि घर फर्किएका छन् भने ३० जनाको मृत्यु भएको छ ।