देशभर थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमित १४ हजार ५ सय १९ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमित १४ हजार ५ सय १९ पुग्यो

काठमाडौं । नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ सय ७३ जनासहित देशभर संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको र एकजनाको मृत्यु भएको जानकारी दिए ।

बिहिबार थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ५ हजार ३ सय २० उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३१ पुगेकोे छ ।

सम्बन्धित खवर