कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृतक संख्या ३१ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु, मृतक संख्या ३१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट ४९ दिनका शिशुको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका म्याग्दीको धौलागिरि नगरपालिका ४ का ४९ दिनका शिशुको कोरोनाको कारण मृत्यु भएको हो ।

गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनको बुधबार साँझ मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

घाँटीमा समस्या देखिएपछि उनको आकस्मिक शल्यक्रिया गरिएको थियो । म्याग्दी घर भएका ती शिशुका अभिभावकको भने कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर