काठमाडौं । संघीय संसदको दुवै सदनको चालु अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ ।