एकैदिन थप ७ सय ४० जनामा कोरोना पुष्टि, संक्रमित १५ हजार नाघ्यो - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकैदिन थप ७ सय ४० जनामा कोरोना पुष्टि, संक्रमित १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ७ सय ४० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ७ सय ४० जनासहित देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६ हजार १ सय ४३ उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३२ पुगेकोे छ ।

सम्बन्धित खवर