काठमाडौंमा कोरोनाको संक्रमणबाट एक वृद्धको मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

काठमाडौंमा कोरोनाको संक्रमणबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं बानेश्वरका ८५ वर्षका पुरुषको बुधबार कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको हो ।

पार्किन्सन र उच्च रक्तचापको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

काठमाडौंको एक निजी अस्पतालमा आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित खवर