कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कोरोना भाइरस (कोभिड—१९) संक्रमण बाट मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको शनिबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । उनी मधुमेहका दीर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । उनको १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो ।

यसैगरि रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित खवर