नेपालमा थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमित १५,७८४ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमित १५,७८४ पुग्यो

काठमाडौं । नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप २ सय ९३ जनासहित देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६ हजार ५ सय ४७ उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३४ पुगेकोे छ ।

सम्बन्धित खवर