नेपालमा थप २ सय ४ जनामा कोरोना पुष्टि, संक्रमित १६ हजार नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ सय ४ जनामा कोरोना पुष्टि, संक्रमित १६ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप २ सय ४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप २ सय ४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, सुनसरीका ३, मोरङका ६, सप्तरीका ४, महोत्तरीका ९, अछामका ११, बैतडीका ११, डोटीका ७, गोरखाका ३, सिन्धुलीका १, मकवानपुरका ३, बाजुराका ५४, सिन्धुपाल्चोकका १, धादिङका १, भक्तपुरका ४, कास्कीका १, काठमाडौँका १४, ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि लमजुङका १, नुवाकोटका १, पर्साका १, रामेछापका १ र रुपन्देहीका १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सर्लाहीका ३, तनहुँका २, बागलुङका १, अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, दाङका ३, रुकुमका ६, बर्दियाका २, सल्यानका ५, सुर्खेतका ८, डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना कोरोनामुक्त भएसंगै नेपालमा जम्मा ७ हजार ४ सय ९९ उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३५ पुगेकोे छ ।

सम्बन्धित खवर