प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश सांसदलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं / कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ ।

ती सासंदलाई कोरोना भएको सभामुख राजबहादुर शाहीले पुष्टि गर्दै भने, ‘एक जना माननीयज्यूको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

प्रदेश सभाका सांसदलाई कोरोना देखिए पछि अन्य सदस्यहरुलाई पनि संक्रमण हुने जोखिम भएकोले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले जानकारी दिए । ‘उहाँको परीक्षण सोमबार गरिएको र मंगलबार रिपोर्ट आएको बताए ।

उहाँलाई संक्रमण देखिएपछि थप जोखिम नहोस् भनेर हामीले सबै माननीय ज्यूहरुको र कर्मचारीको पनि स्वाब लिने काम सुरु भएको छ,’ उनले भने, ‘उहाँको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।’

सम्बन्धित खवर