काठमाडौं / कोरोना भाइरसको संक्रमण मंगलबार थप ११६ जनामा थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् ।
गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ रहेको छ ।