नेकपा अध्यक्षदय ओली र प्रचन्डबीच भेटवार्ता, विना निष्कर्ष सकियो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा अध्यक्षदय ओली र प्रचन्डबीच भेटवार्ता, विना निष्कर्ष सकियो


काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको भेटवार्ता विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीनघन्टा लामो भएको छलफलमा पार्टीको आन्तरिक विवाद समाधान गर्न केन्द्रित भएको थियो ।

स्थायी कमिटी बैठक साउन २ गते पुनः बस्ने तयारी भइरहेको छ । त्यस अगाडि नै सहमती गर्नुपर्ने दवाव छ अध्यक्षदयलाई । तर अहिलेसम्म जुट्न सकेको छैन् ।

विभिन्न प्रकारका विवादमा पर्दै आएका प्रधानमन्त्री ओलीले मदन जयन्तीको दिन भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले साथ दिएको आरोप लगाएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो ।

त्यसलगत्तै पार्टी बैठकमै प्रचण्ड–नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । स्थायी कमिटीका ३१ जनाले ओलीले राजीनामा दिएर निकास दिनुपर्ने बताएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

सम्बन्धित खवर