बुधबार थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित १७,१७७ पुग्यो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबार थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित १७,१७७ पुग्यो

काठमाडौं । नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ सय १६ जनासहित देशभर संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ११ हजार २५ उपचारपछि घर फर्किएका छन् भने मृत्यू हुनेको संख्या ३९ पुगेकोे छ ।

सम्बन्धित खवर