काठमाडौं / कोरोना संक्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएको छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
रौतहट जिल्ला परवा नगरपालिका वडा–७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । निधन भएका व्यक्ति भारतबाट फर्किएका थिए ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत गएर नेपाल फर्किएसँगैे असार २४ बाट क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा बसेको ५ दिन पटि उनलाई रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालाले आजै कोरोना देखिएको बताएको थियो ।