केराबारी गाउँपालिका अध्यक्षमाथि छुरा प्रहार - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केराबारी गाउँपालिका अध्यक्षमाथि छुरा प्रहार


मारङ / मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ ।

पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा शुक्रबार कार्कीलाई आफनै कार्यकक्षमै भवन ठकुरीले धारिलो छुरा प्रहार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार छुरा प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न ठकुरीले २०७६ र ०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि अध्यक्ष कार्कीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ ।

ठकुरीले गाँउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहरीले ठकुरीलाई छुरा र खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर