मनु र शिवको आवाजमा जिवन र मनु अभिनित पालाम ‘खम्सेक्वा लुङ्ए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, पुष १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनु र शिवको आवाजमा जिवन र मनु अभिनित पालाम ‘खम्सेक्वा लुङ्ए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका मनु नेम्बाङ र गायक शिव सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘खम्सेक्वा लुङ्ए’ सार्वजनिक गरिएको छ ।

सम्ब्रोती फेम्बू लिम्बू शव्द संकलन तथा जानु काम्बाङ लिम्बूको लय संकलन रहेको पालाम ‘खम्सेक्वा लुङ्ए’को म्युजिक भिडियो जानु काम्बाङ लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चन्द्र लिम्बू (पीबीओ)को निर्देशन, छायांकन तथा सम्पादनमा पदम तामाङको मेकअप रहेको पालाम भिडियोमा जिवन केदेम र मनु नेम्बाङले अभिनय गरेका छन् ।

श्याम लिम्बूको संगीत संयोजनमा एभरेष्ट रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ मीन बिस्टले गरेका हुन् ।

पालाम भिडियोमा गीता पालुङवा, हिमाल लिम्बू ‘मिराक’, जानु काम्बाङ लिम्बू, पुर्ण काम्बाङ लिम्बू, आशा काम्बाङ लिम्बू, अशल तुम्रोक, अभिषेक पालुङवा, राज कुमारी तुम्रोक, संगीत सम्बाहाङफे र मनमाया आङबुहाङको समेत अभिनय रहेको छ ।

चासोक तङनामको अवसर पारेर याक्थुङ लिम्बूहरुको मौलिक परम्परागत शैलीमा निर्माण गरिएको घर अगाडी याक्थुङ लिम्बूहरुको मौलिक परम्परागत शैलीमा नाँचिने धान नाँचलाई परम्पारगत शैलीमा प्रस्तुत गरिएको पालाम भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर