मिङसोहाङ र जुनुको आवाजमा कल्पनाको ‘महि माग्ने ढुंग्रो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, पुष १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिङसोहाङ र जुनुको आवाजमा कल्पनाको ‘महि माग्ने ढुंग्रो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक मिङसोहाङ लिम्बू र गायिका जुनु प्रसाईं ‘मुन’को आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘महि माग्ने ढुंग्रो’ सार्वजनिक गरिएको छ ।

प्रवासमा रहेर पनि नेपाली तथा मौलिक लिम्बू गित संगीतलाई माया गर्ने गितकार कल्पना आङबुहाङको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको रोमान्टिक प्रेमिल पुर्वेली गित ‘मही माग्ने ढुङग्रो’को म्युजिक भिडियो मेरी आमा कल्पना आङबुहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाश राना मगरको निर्देशनमा खगेन्द्र जंग ठकुरीको छायांकन र मिराज अर्यालको सम्पादन तथा कलर रहेको भिडियोमा ज्ञान याक्थुङबा जबेगु, मेनुका अन्छङबो, कञ्चन थलङ, रीता इवा लिम्बू, रोशन यक्सो, पर्वत राई, शारदा थाम्देन लिम्बू र प्रकाश राना मगरले अभिनय गरेका छन् ।

देवेश राईको संगीत संयोिजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

मौलिक शव्द संयोजनमा पुर्वेली लोक भाका र पालाम लयलाई लिम्बू र नेपालीमा भाषामा फ्युजन गरि मौलिक लयमा तयार पारिको गितमा शाहिल लिम्बू, दीपा तामाङ, विजय मगर र सम्झना योङहाङको समेत आवाज समावेश गरिएको छ ।

बेलायतमा छायांकन गरिएको भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर