पा:लाम प्रतियोगिता साम्लो लुङधुङ चरणमा प्रवेश, २० प्रतियोगी छानिए - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पा:लाम प्रतियोगिता साम्लो लुङधुङ चरणमा प्रवेश, २० प्रतियोगी छानिए


दमक / अहिले अनलाईनको माध्यमबाट सञ्चालन भईरहेको विश्वव्यापी पालाम प्रतियोगिता साम्लो लुङधुङ चरणमा चरणमा प्रवेश गरेको छ ।

साम्लो लुङधुङको लागि २० जना प्रतियोगि छानिएको आयोजक याक्थुङ कलचरल ग्रुपले शुक्रबार एक विज्ञप्ती मार्फत छनौट भएका प्रतियोगिहरुको नतीजा सार्वजनिक गरेका छन् ।

यसरी छानिएका प्रतियोगिहरुले साउन ४ गते ११ : बजे सम्ममा नयाँ पालाम पठाउन समेत आयोजकद्वारा आग्रह गरीएको छ । र पहिलेको भन्दा फरक भाकामा हुनुपर्ने छ विज्ञप्तीमा भनिएको छ ।

कोरोनाको कहरले निम्ताएको लकडाउनको समयलाई सदुपयोग गर्न याक्थुङ कलचरल ग्रुपद्धारा “सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान” भन्ने नाराका साथ विशवब्यापी अनलाईनमा पालाम प्रतियोगीता भईरहेको छ ।


को–को छानिए

अघिल्लो चरण फक्ताङलुङ चरणबाट साम्लो लुङधुङ लागि छनौट भएका २० उत्कृष्ट प्रतियोगिहरुमा इन्दिरा नेम्बाङं, इसाम लिम्बू वजी, गरीमाया लिम्बु, जिवन केदेम, टेगराज तिगेला, थानाहाङ तिगेला रहेका छन् ।

त्यस्तै दुर्गा तुम्सा संयक, धनु याखा, नैनकला आङदेम्बे, पेपराज माबुहाङ, बम विरही कुलुङ राई, भिमा सावादेन, बिक्रम येक्तेन, शान्तिराम खरेल, शिवकुमार सम्बाहाङफे, शुसिला कुरुम्भङ लिम्बू, साँगुले ठूले, सुनिता लाबुङ, सुनिता संयक र सुमन लिम्बू रहेका छन् ।

प्रतियोगिताको विजेताले ५० हजार नगद रुपैयाको साथै एउटा पालाम रेकर्डको अवसर र अन्य आर्कषक पुरस्कार समेत प्राप्त गर्ने छ । दोस्रो हुनेले नगद ३० हजारका साथमा अन्य पुरस्कार समेत प्राप्त गर्नेछ ।

त्यस्तै तेस्रो हुनेले नगद २० हजारका साथमा अन्य आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर