तीन सुपर चामत्कारीक कर्जा योजना लिएर आयो एनआईसी एसिया बैंक - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तीन सुपर चामत्कारीक कर्जा योजना लिएर आयो एनआईसी एसिया बैंक


दमक / आर्कष्क तीन सुपर चात्कारीक कर्जा योजना लिएर एनआईसी एसिया बैंक उपभोक्ता माझ आएको छ । उक्त योजना अन्तरगत न्यून ब्याजदर तथा न्यून प्रशासनिक शुल्क रहेको कर्जा योजना सार्वजनिक गरेको हो ।

एनआइसी एसिया बैंकको क्षेत्रीय कार्यालय दमकले शुक्रबार पत्रकार सम्मेलन गरी बैंकको सुपर चामत्कारीक योजनाहरु सार्वजनिक गरेको हो ।

बैंकले उपलब्ध गराउने योजनाहरुमा घर कर्जा ,सवारी कर्जा र ब्यवसाय कर्जा रहेकोछ । सो कर्जा ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराउने एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमकका प्रमुख डेनराज सुब्बाले बताए ।

सुपर चामत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहाने ग्राहकले यस योजनाको लाभ लिन सक्ने बताइएको छ । योजनाअनुसार न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षको कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको जनाएको छ ।

यसमा अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ । यसबाहेक फ्लेक्जिबल ईएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैँले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी सुपर चामत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन्।

सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था रहेको जनाएको छ ।

त्यस्तै साना तथा मझौला उद्योग ब्यवसायलाई लक्षित गरी ब्यवसाय कर्जामा उपल्ब्ध गराउने सुव्वाले बताए । उनको अनुसार उद्योगी, ब्यवसायीहरुले आफ्नो आवश्कता अनुसार आवधिक कर्जा र ओभरड्राफ्ट गरी अधिकतम १ करोड रुपैयाँ सम्म कर्जा लिन सक्नेछन् ।

अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन् । यस योजनामा अधिकतम २ करोड कर्जा लिन सक्ने सीमा कायम गरिएको छ ।

सम्बन्धित खवर