
काठमाडौं / कोरोना भाइरसको संक्रमण शनिबार थप ५७ जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ३ सय ३१ को पिसिआर परीक्षणमा गरिएको मध्ये ५७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
आजै १ सय ३ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।