सात जिल्लामा कोरोना संक्रमित शून्य - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सात जिल्लामा कोरोना संक्रमित शून्य


दमक / कोरोना भाइरस (कोभिड १९) को संक्रमणले देशका सबै जिल्लामा छोएको थियो, केही समयअघि सम्म । तर अहिले केही जिल्ला भने भाइरस मुक्त हुँदै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार हाल देशका ७ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण शून्य रहेको छ ।

उनका अनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि कोरोना पोजेटिभ छैन् ।

यी जिल्लामा भएका कोरोना सङ्क्रमित सबैजना निको भएर घर फर्किएको र थप कोही नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर