
काठमाडौं । बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
बारा जिल्लाको देवताल गाउँपालिकामा ३४ जना, सुवर्ण गाउँपालिकामा ३, कलैया उपमहानगरपालिकामा ३ जना र धनकौलमा ६ जना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेका छन् ।
गाउँपालिकाको क्वारेन्टिन बन्द गर्ने सहमती असार २३ गतेबाट बन्द भयो । बन्द गर्ने बेला अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैको पीसीआर गराउँ भनेर गराएका थियौं’ भन्ने सहमती भएपछि ‘७४ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आयोको देवताल गाउँपालिकाको क्वारेन्टिन प्रमुख शिव शााहले बताए ।
संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार ‘स्वाब दिएर पनि कतिपय बाहिर गएका रहेछन् । उनीहरुलाई सम्पर्कमा ल्याउने र आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ ।