
काठमाडौं । कोरोना भाइरसको संक्रमण शनिबार थप १ सय ८६ जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना संकलन गरी पिसिआर परीक्षणमा गरिएको मध्ये १ सय ८६ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ।
आजै १ सय ७३ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।