
काठमाडौं । केही दिनबाट अविरल रुपमा परेको वर्षाका कारण आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनबाट धादिङ प्रवेश गर्ने मावाखोला पुल बगाएको छ ।
पृथ्वी राजमार्गको उक्त पुल बाढी पहिरोले बगाए संगै यातायात आवतजावत नै अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ । मोवाखोला नजिकैको ठाडो खोलाले टिपर समेत बगाएको छ ।
यसबेला अबिरल वर्षाका कारण धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ ।