टि २० विश्वकप अर्को वर्ष हुने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टि २० विश्वकप अर्को वर्ष हुने


काठमाडौं । यस वर्षको अक्टोबर–नोभेम्बरमा हुने भनिएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सोमबार बसेको कार्यसमिति बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । यससंगै यसै वर्ष अष्ट्रेलियामा खेलाउने तय भएको प्रतियोगिता २०२१ मा मात्र हुनेछ निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विज्ञप्ति जारी गर्दै टी २० विश्वकप सन् २०२१ को अक्टोबर– नोभेम्बरमा मात्रै आयोजना गर्ने जनाएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीले विश्व क्रिकेट प्रभावित बनेको बेला टी( २० विश्वकप पनि एक वर्ष पछि सारिएको आईसीसीले जनाएको छ ।

सम्बन्धित खवर