मंगलबार कोरोना संक्रमित १५० जना थपिए, डिस्चार्ज ६०९ जना भए - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंगलबार कोरोना संक्रमित १५० जना थपिए, डिस्चार्ज ६०९ जना भए


काठमाडौं । कोरोना भाइरसको संक्रमण शनिबार थप १ सय ५० जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९ सय ६३ को पिसिआर परीक्षण गरिएको मध्ये १ सय ५० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ।

आजै ६ सय ९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० रहेको छ ।

सम्बन्धित खवर