
सुनसरी / कोरोना भाइरस संक्रमणका कारण धरानमा एक जनाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार राति ७ बजे महोत्तरीका ६० वर्षीय बृद्धको मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए ।
सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो । बिरामीमा रुघाखोकी र ज्वरो देखिए पछि उनको स्वाब संकलन गरी पिसिआर जाँच गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो ।
‘अस्पतालमा उपचारमा आउदा नै अवस्था सिरियस भएकोले आइसियुमा राखेर उपचार भएको थियो,’प्रवक्ता डा सापकोटाले जानकारी दिए । बिरामीमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेको केही घण्टा पछि निधन भएको उनले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ४१ पुगेको छ ।