
काठमाडौं । कोरोना भाइरसको संक्रमित बुधबार १०० जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७ सय ७९ जना को पिसिआर परीक्षणमा गरिएको मध्ये १०० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
आजै २ सय ७ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।
मत्रालयका अनुसार आजै कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएकोछ ।
त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ । पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् ।
उपचारका क्रममा उनको पिसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा महोत्तरीका ६० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो ।
यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ रहेको छ ।