कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रणका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

वीरगञ्ज महानगरपालिका ६ निवासी एक जना ७० वर्षीय वृद्धको साउन ६ गते मृत्यु भएका े थियो । उनको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय ती वृद्धको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल पुगेका उनलाई त्यहाँबाट मात्र कोभिड अस्पताल रेफर गरिएको थियो ।

सम्बन्धित खवर